पोखरा । नारिशक्तिजागरण आमा समूह पोखरा १७ आँखा अस्पताल चोकद्वारा मानव सेवा आश्रम छोरेपाटनमा भोजनदान गरेको छ ।
संस्थाको चौथो स्थापना दिवसका अवसरमा समूहले आश्रममा आश्रित बालबालिका र महिलाहरुका लागि १८ हजार ५०० रुपैया बराबरको एक छाक खानाको सहयोग गरेको हो ।
पोखरा महानगरपालिकाका वडा नं. १७ का वडा अध्यक्ष एवम् समूहका सल्लाहकार राधिकाशाही योगीले सो कार्यक्रमको शुभारम्भ गर्दै टोल छिमेकमा हुने शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर संकलन गरेको रकमबाट आश्रममा भोजनको व्यवस्थापन गरेर समूहले सामाजिक उत्तरदायित्व पुरा गरेको बताए ।
आकाशलाई छानो र सडकलाई घर बनाएका सडक मानवको उद्धार गरेर गाँस, बास र कपासको व्यवस्थापन गरेर आश्रमले मानवीय सेवामा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले यस्ता पुण्य कार्यमा सबै संघसंस्था एवम् व्यक्तिको सहयोग रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा समूहका अध्यक्ष प्यारी गुरुङले एक छाक भोजन बराबरको रकम आश्रमका सम्झना बर्तौलालाई हस्तान्तरण गर्दै आगामी दिनमा पनि समूहको तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
समूहले समाजका सामाजिक, आर्थिक र वातावरणीय सेवामा समर्पित हुँदै विभिन्न गतिविधि सञ्चाल नगर्दै आएको सचिव पूर्णकला पोख्रेलले सो अवसरमा जानकारी दिइन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने