माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु

Dubera mrityu

File Photo

पोखरा । पोखरा महानगरपालिका– २३ पामे खपौदी स्थित फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

अन्नपुर्ण गाउँपालिका– १० घान्द्रुक घर भई हाल पोखरा– १४ चाउथे बस्ने ६३ वर्षीय मीन गुरुङको शनिबार तालमा डुबेर मृत्यु भएको हो ।

शनिबार दिउँसो ०४ः०५ बजे फेवातालमा माछा मार्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका गुरुङको खोजतलास गर्ने क्रममा साँझ ७ः१५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक गुरुङको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ