जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

pakrau

टोकियो । जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन्।

मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

जापनिज सञ्चार माध्यमका अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए। सो घटनामा समग्रमा चार जना मारिएका थिए भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ। तर, उनको नाम भने सार्वजनिक गरिएको छैन।

तर, उनले चार जनामाथि किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो ? त्यो भने अझै खुल्न सकेको छैन। प्रहरी हिरासतमा रहेका कारण उनी माथि छानबिन जारी रहेकाले केही समय पछि सो गोलीकाण्डको उद्देश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ