पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा हालै पोखरामा बसेको मञ्चको बैठकले जेठ १७ गतेदेखि जेठ १९ गतेसम्म तालिम सञ्चालन गर्ने निर्णय गरेको उनले जनाए ।
प्रदेश खेलकुद परिषद गण्डकीसँगको सहकार्यमा आयोजना गर्न लागेको तालिममा आइसिसिका एम्पायर तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदी देवेन्द्र लगायतले सहजीकरण गर्ने महासचिव पौडेलले खुलाए ।
तालिम सञ्चालन गर्नको लागि संयोजकको जिम्मेवारी मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठले तालिमको तयारीलाई तिव्र रुपमा अगाडि बढाइएको जनाए । तालिममा ६० जनाभन्दा बढी खेल पत्रकार सहभागी बन्ने अपेक्षा गरिएको उनले बताए ।
त्यसोत नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते