पाेखरा । अनेरास्ववियू कास्की जिल्ला कमिटी र पृथ्वीनारायण क्याम्पसको संयुक्त आयोजनामा क्यालेण्डर विमोचन तथा विशेष भेला सम्पन्न भएको छ।
पृथ्वीनारायण क्याम्पसमा विहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियूका केन्द्रिय उपमहासचिव राजन शर्मा पराजुलीले युवाहरु राजनीतिमा आउने कुरा अत्यन्त सकारात्मक रहेपनि भीडले मात्र परिवर्तन सम्भव नहुने बताए । ‘युवाहरु राजनीतिमा आउने कुरा अत्यन्त सकारात्मक छ । तर, निश्चित एजेण्डा, विचार र सिद्धान्तप्रति नयाँहरु उदासीन छन् । भीडले मात्र परिवर्तन हुँदैन ।’ पराजुलीले नयाँ पार्टीप्रति लक्षित गर्दै थपे – ‘साहुले ऋण तिर्न अत्याए भनेर मिटर ब्याजमा पैसा लिएर ऋण तिर्नु र पूराना राजनीतिक सुझबुझका पार्टीबाट भएन भन्दै भीडतिर लाग्नु एकै हुन् ।’
उपमहासचिव पराजुलीले देशमा अहिले एकतिर बेरोजगार बढ्दै गएको, युवा विदेशिनु परेको र अर्कोतिर गाउँका खेतियोग्य जमिन बाँझै रहने अवस्था रहेको बताए । उनले हामीले लिने शिक्षाले सर्टिफिकेट दिएको तर हामीलाई श्रम र मिहिनेत गर्न भने नसिकाएको उल्लेख गरे ।
पृना क्याम्पसको सम्मेलन आयोजक कमिटि संयोजक विशाल, सह–संयोजक सन्तोष
विशेष भेलाबाट पृथ्वीनारायण क्याम्पसको २७ औं सम्मेलन आयोजक कमिटी गठन गरिएको छ। नव गठित कमिटीको संयोजकमा विशाल नायक क्षेत्री र सहसंयोजकमा सन्तोष पौडेल सहित २९ सदस्यीय कमिटी गठन भएको हो ।

कास्की जिल्ला कमिटीका अध्यक्ष बज्रराज अधिकारी अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीका सचिवालय सदस्य रविन्द्रराज पौडेल, अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने, विकास रेग्मी, आदित्य रसाईली, सन्तोष सुमन, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष रसिक न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कास्की जिल्ला कमिटी सचिव होम तामाङ्गले गरेका थिए।
सम्बन्धित खबर
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने