पोखरा १५, ३०, १४ र २७ वडास्तरीय फुटबलको सेमिफाइनलमा

पोखरा १५, ३०, १४ र २७ वडास्तरीय फुटबलको सेमिफाइनलमा

mahanagar football

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार आठ वटा खेलबाट सेमिफाइनल पुग्ने चार वडाको टुंगो लागेको छ ।

पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ को टिम अन्तिम चारमा पुगेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । मंगलबार भएको खेलमा वडा नम्बर १५ ले वडा नम्बर १३ लाई ४–१, वडा नम्बर ३० ले वडा नम्बर ८ लाई ३–२, वडा नम्बर १४ ले वडा नम्बर ३२ लाई २–०, वडा नम्बर २७ ले वडा नम्बर–२४ लाई ४–३ गोलान्तरले हराए ।

यी चारमध्ये दुई टिम बुधबार हुने सेमिफाइनलबाट फाइनल प्रवेश गर्ने छन् । पहिलो सेमिफाइनल वडा नम्बर १५ र ३० बीच बिहान ८ बजे र दोस्रो सेमिफाइनल वडा नम्बर १४ र २७ बीच बिहान १० बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ । विजेता वडाले एक लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता हुने वडाले एक लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्य सचिव खड्काले जानकारी दिए ।

सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ । फाइनल खेल बिहीबार बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ