पोखरा । हाइकिङलाई अझै व्यवस्थित वनाउन हाइकर्स क्लब नेपालका सदस्यहरु पुर्व तयारीको लागि तनहुँको दगाम सामुदायिक होमस्टेमा गएका छन् ।
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ४ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (छोटो पदयात्रा) कार्यक्रमको संयोजन गर्दै आएका हाइकर्स क्लब नेपालका संयोजक कृष्ण रानाभाटको नेतृत्वमा जेठ महिनाको पहिलो शनिबार दगाम पुगेको हो ।
समुहमा क्लबका सदस्य एवं आइटि संयोजक पितम सेन ठकुरी, पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर गुरुङ, पत्रकार धनश्याम पौडेल, विनोद कार्की र समाजसेवी कृष्णमान श्रेष्ठ रहेका थिए ।
उक्त टोली कोत्रे वजारमा ९ वजे पुग्यो । कोत्रे वजारबाट दगाम सामुदायिक होमस्टेकी अध्यक्ष तिला थापा मगरलाई जानकारी गरायो । र कोत्रेबाट पैदल ज्वालादेवी वन, मकनपुर गाउँ, भुजिकोट गाउँ हुर्दै करिब साढे ११ वजे दगाममा पुगेको थियो ।
दगाममा होमस्टे अध्यक्ष तिला थापा, समाजसेवी नन्द थापा लगाएतले स्वागत गर्दै होमस्टे, गाउँ र गाउँमा रहेका प्रख्यात देविथानहरुको वारेमा जानकारी गराउनु भएको थियो ।
सम्बन्धित खबर
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने