दुबईमा कुखुरा फार्ममा काम लगाइदिने भन्दै पीडितबाट साढे नौ लाख ठगी गर्ने व्यक्ति पक्राउ

दुबईमा कुखुरा फार्ममा काम लगाइदिने भन्दै पीडितबाट साढे नौ लाख ठगी गर्ने व्यक्ति पक्राउ

Arrest

काठमाडौं। वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोक जिल्ला चौँरीदेउराली गाउँपालिका-६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका -१० कपन आकाशेधारा बस्दै आएका २९ वर्षीय उमेश रिमाललाई प्रहरीले ठगी गरेको आरोपमा आइतबार दिउँसो पक्राउ गरेको हो ।

रिमाल समेतले १७ जना पीडितलाई वैदेशिक रोजगारका लागि दुबईमा कुखुरा फर्ममा काम लगाइदिने र मासिक ५० हजार रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक-पटक गरी ९ लाख ५० हजार रूपैयाँ रकम ठगी गरेको अभियोग छ।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds