नक्कली शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो

नक्कली शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो

collage_(11)12

काठमाडौं ।  नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टुंग्याएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो।

यो प्रकरणमा प्रहरीले पक्राउ परेका १६ सहित ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ। प्रहरीले उनीहरुमध्ये केहीलाई ठगी र संगठित अपराध र केहीलाई लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ भने केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा पूर्वउप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँणसमेत १६ जना पक्राउ परेका छन्। उनीहरू सबै प्रहरी हिरासतमा छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds