गोर्खा कप खेल्न बेलायत लाग्यो ‘पोखरा–११’

गोर्खा कप खेल्न बेलायत लाग्यो ‘पोखरा–११’

Pokhara 11 photo

पोखरा । तमु धीं यूकेले आयोजना गरेको २१ औगोर्खा कपमा सहभागिता जनाउन नेपालबाट पोखरा ११ बेलायत लागेको छ ।

बेलायतमा आगामी मे २८ तारिखदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागिता जाउनका लागि पूर्व राष्ट्रिय खेलाडी समेत रहेका इश्वर गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली आइतबार बेलायत प्रस्थान गरेको हो ।

सो टोलीमा इश्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, अबतार गुरुङ, एन्फा कास्की अध्यक्ष उज्वल रन्जित, राजेन्द्र तामाङ, कुमार गुरुङ, जमान सिंह दुरा, राजु हमाल, नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, अभिषेक पिया, विजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेक बहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन् ।

खेलाडीहरुलाई बेलायत जानका लागि बगर भाईखलक यूके र तमु धियूकेले संयोजन गरेको थियो ।

बेलायत प्रस्थान गरेको टोलीलाई बगर भाइखलक पोखराले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको थियो ।

सो टोली बेलायत करिब दुई साता बस्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ