पोखरा । पोखरामा आयोजना हुने तेस्रो देश्ना चन्द स्मृति तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८० को तयारी तिब्र पारिएको छ ।
पोखरा महानगरपालिका १ स्थित नयाँ गल्ली युवा क्लबको आयोजनामा जेठ १३ देखि २० गतेसम्म हुने प्रतियोगिताको तयारी तिब्र पारिएको आर्थिक संयोजक हिटलर घलेले जानकारी दिए । उनले यसअघि जेठ २० गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालनको मिति घोषणा गरेतापनि मैदान निर्माणका कारण एक हप्ता अघि सारेको बताए ।
‘प्रतियोगितालाई हामीले घोषणा गरेको मितिभन्दा एक हप्ता अघि सारेका छौं, उनले भने, ‘टुडिखेलको मर्मत संभार तथा दुवो रोप्नका लागि बजेट विनियोजन भएका कारण काम सुरु गरिहाल्नुपर्ने भएकाले आउदौ १३ गतेदेखि प्रतियोगिता खेलाउने छौ ।’
घलेका अनुसार पोखरा पुरानो टुँडिखेल मैदानमा एक साता सञ्चालन हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार, उपविजेताले ८० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सो प्रतियोगितामा उत्कृष्ट विधागततर्फ नगद राशीले पुरस्कृत गर्ने क्लबका अध्यक्ष शुशिल श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार उत्कृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले जनही ५÷५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ७ हजार निर्धारण गरिएको खेल संयोजक अञ्जन देवकोटाले जानकारी दिए । उनका अनुसार टिम दर्ता फोन (९८०६६०७२७८) बाटैपनि गर्न सकिनेछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते