पोखरा महानगरपालिका वडा नं. १५ द्वारा आयोजित वडा १५ स्तरीय पुरुष तथा महिला डबल्स ब्याडमिण्टन प्रतियोगितामा पुरुषतर्फ रमेस प्रसाद श्रेष्ठ र धनराज गुरुङ्गको जोडी प्रथम भएको छ ।
शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ्ग र युवराज गुरुङ्गको जोडीलाई पराजित गर्दै यो जोडीले उपाधी जितेको हो । महिलातर्फ तुलसी फगामी पुन र टिकीसरा गर्वुजा तामाङ्गको जोडीले लिलादेवी शेरपञ्जा र सुशिला पुर्जा पुनको जोडीलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । पुरुषतर्फ खुमबहादुर गुरुङ र हरिबहादुर आले तथा मनिष गुरुङ्ग र सफल थापा मगरको जोडीले तृतीय स्थान प्राप्त गरे । महिलातर्फ दिलकुमारी रोन्जिता र हरिमाया थापा तथा गंगा नापित र बिमला थापाको जोडी तृतीय भए ।
विजयी खेलाडीहरुले क्रमशः ७, ५ र ३/३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले एक समारोहका विच विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । सो अवसरमा उनले आपसी भाइचारा र स्वस्थ्य समाज निर्माणका लागि खेलकुद महत्वपूर्ण भएको औंल्याए । वडाध्यक्ष तोरण बानियाँले वडाले विकास निर्माणसंगै खेलकुदका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताए ।
खेल संयोजक समेत रहेका वडा सदस्य आशिष भण्डारीले वडाको सफलतामा जनप्रतिनिधीको मात्र नभई जनताको पनि उत्तिकै सहकार्यको खाँचो रहेको औंल्याए । कार्यक्रममा मितेरी टोल विकास संस्थाका सल्लाहकार मोती पोखरेल, वडा सदस्यहरु सेतीमाया गुरुङ्ग, मन्दिरा परियार, बलराम पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते