पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसएलसी दिएका भाइबहिनीलाई कम्प्युटर र नेतृत्व विकास तालिम शुरु गरेको छ ।
विद्यार्थी भाइबहिनीका लागि व्यवहारिक जीवनमा अति उपयोगी ९० घण्टे आधारभूत कम्प्युटर र तीन हप्ते उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको हो ।
तालिममा २१ जना विद्यार्थी भाइबहिनी सहभागी रहेका छन् ।
तालिमको शुक्रवार अनुगमन गर्दै क्लबका संस्थापक अध्यक्ष हरि भाटले सन् २०१७ देखि क्लबले पढाऊ अभियान अन्तर्गत हरेक वर्ष एस.एल.सी. दिने भाइबहिनीलाई तालिम सञ्चालन गर्दै आएको बताए ।
उनले क्लबले तालिम सञ्चालनका लागि विभिन्न व्यवसायिक संघसंस्थाबाट कोटेशन लिएर यस पटक गण्डकी हाइटेकसँग सहकार्य गर्न पाउनु क्लबका लागि अवसर सुनौलो अवसर रहेको बताए ।
तालिममा सहभागी भुपेन्द्र गुरुङले आफू पहिला अगाडि गएर बोल्दा जिउ काम्ने, आँखा हेरेर बोल्न नसक्ने समस्या रहेकोमा यो तालिम पाएर आफूलाई निकै खुसी लागेको बताए ।
नुमा गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा शुशांक बास्तोला, निराजन तामाङ, अमृत थापालगायतले आफ्ना अनुभव राखेका थिए ।
अध्यक्षको आसनबाट बोल्दै गण्डकी हाइटेक व्यवहारिक सीप विकास तालिम केन्द्रकी सञ्चालक विद्यादेवी बरालले पोखराको बगरमा रहेकोमा केन्द्रमा विगत १६ वर्षदेखि क्रियाशील प्रशिक्षकद्वारा प्रशिक्षण गराइँदै आएको जानकारी गराइन् ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने