पोखरा । पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्याफटिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ १२ गते आयोजना हुने भएको हो ।
प्रतियोगिता बारे जानकारी दिंदै प्रदेश खेलकुदका सदस्य तथा सहाशिक खेलकुदका संयोजक बसन्तराज दवाडीले प्रतियोगितामा करिव ३० जनाको सहभागिता हुने अपेक्षा रहेको बताए ।
‘वाटर स्पोर्टस’को बिकास संगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए । “यो स्थान ह्वाइट वाटर कायाकिङका लागि निकै सुगम ठाउँ हो” उनले भने–“यो ठाउँलाई कायाकिङ खेलको विकासका लागि समेत प्रवद्र्धन गर्नु प्रतियोगिताको अर्को उद्धेश्य हो ।”
सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने जानकारी परिषदले दिएको छ ।
प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो पाँचौ हुने विजेता खेलाडीले क्रमश नगद रु ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने