पोखरा। पोखरा नगर बस र स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका २२ पुम्दिभुम्दीमा नगरबस र स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटर चालक पोखरा २५ हेमजा निवासी ४६ वर्षीय तुलसी प्रसाद त्रिपाठीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो १:४० बजेको समयमा पुम्दिभुम्दी स्थित भित्री सडकखण्डमा ग १ ख ३२८७ नंवरको नगरबस र ग २३ प ३६८६ नंवरको स्कुटर एकापसमा ठक्कर खाँदा घाइते भएका त्रिपाठीलाई तत्काल उपचारका लागि अस्पताल पठाइएपनि उपचारको क्रममा ३:२५ बजे मृत्यु भएको हो।
यस्तै, दुर्घटनामा स्कुटरको पछाडी सवार पोखरा -५ मालेपाटन निवासी २२ वर्षीय शिशिर त्रिपाठी घाइते छन्। उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
उनको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय वैदामबाट प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरको नेतृत्वमा खटिएको टोलीले नगरबस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीको भनाई छ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ