हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

shamsher

काठमाडौँ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मियाँलाई प्रहरीले बिहीबार सिंहदरबार परिसरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर लगिएको छ ।

मियाँले शरणार्थी प्रकरणमा बिचौलियाहरूका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेको थियो । योसँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राइ, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलगायत १५ जना पक्राउ परेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds