पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकालाई एमालेले कारबाही गरिरहँदा काँग्रेस भने जाेगाउन तर्फ लागेकाे बताएका छन् ।
प्रेस चौतारी, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेको बताएका हुन् ।
‘नक्कली शरणार्थीमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनै पर्छ । किनभने यो सानो ठगी, अपराध मात्रै होइन । नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने भन्ने हो,’ ज्ञवालीले भने, ‘हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, उहाँ दोषी हो कि निर्दोष हो, भोलि छानबिनले बताउँला । छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्यौं । तर अर्को पार्टीले संरक्षण नै गरिराखेको छ ।’
काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परिसक्दा पनि पार्टीले कुनै कारबाही प्रक्रिया अघि नबढाएकाे तर्फ ज्ञवालीले इंगित गरेका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्ने उपमहासचिव ज्ञवालीले उल्लेख गरे । ‘यस प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्छ, भ्रष्टाचार जुनसुकै तहबाट भएपनि निष्पक्ष छलफल हुनुपर्छ ।’ ज्ञवालीले भने ।
उपमहासचिव ज्ञवालीले एमाले सरकार ढलाउनतर्फ नलागेकाे भन्दै सत्तासीन दलकै कारण ढल्ने जिकिर गरे । उनले भने – ‘जनसराेकारसँग सरकारकाे सवाल नै छैन । सरकारकाे उपस्थिति जनतासम्म छैन । स्वार्थकाे गठबन्धन हाे । जब स्वार्थ बाझिन्छ, टकराव बढ्छ, ढल्छ । अार्थिक क्षेत्र जर्जर छ । व्यापार व्यवसाय चाैपट छ । सरकारलाई मतलब छैन ।’
उपनिर्वाचनकाे परिणामलाई गम्भीर रूपमा लिएका छाैँ भन्दै ज्ञवालीले तनहुँ र चितवनमा भाेट घट्नु साेचनीय कुरा रहेकाे बताए । ‘सीट त ३ वटै गुमेकाे क्षेत्र भएकाले सीट संख्यामा फरक नपरेपनि २ क्षेत्रमा साेचेनुरूप नहुँदा हामीले चिन्ता गर्नुपर्दछ । तर, १०० मिटरमा दाैडँदा हार्न सकिन्छ । म्याराथन दाैडिने पार्टी एमाले हाे । म्याराथनमा जित्नु मूख्य कुरा हाे ।’
नयाँ पार्टीका बारेमा टिप्पणी गर्ने बेला भएकाे छैन भन्दै उनले थपे – ‘राम्राे गर्नुहाेस् शुभकामना छ। तर, पार्टीकाे नीति के हाे ? परराष्ट्र नीति के हाे ? अार्थिक नीति के हाे ? स्पष्ट भने भइसकेकाे छैन ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते