लामो दूरीको गाडीभाडा घट्यो, यस्तो छ नयाँ भाडा दर

लामो दूरीको गाडीभाडा घट्यो, यस्तो छ नयाँ भाडा दर

bus-youn-durbabahar

पोखरा । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०÷१० रुपैयाँले मूल्य घटाएलगत्तै आज यातायात व्यवस्था विभागले सार्वजनिक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

घटेको मूल्य आजदेखि नै लागू भएको विभागल जनाएको छ ।

विभागका अनुसार यात्रुबाहक गाडीमा ३ दशमलव २० प्रतिशतले, पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४ दशमलव १९ प्रतिशतले र तराईको बाटोमा चल्ने मालबाहक गाडीमा ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तरप्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

गएको चैत २० गते प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएको नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी फेरि डिजेलमा १० रुपैयाँले घटाएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds