काठमाडौं महानगरमा भ्रष्टाचार भए मेरो मोबाइलमा खबर गर्नुहोस् : बालेन शाह

काठमाडौं महानगरमा भ्रष्टाचार भए मेरो मोबाइलमा खबर गर्नुहोस् : बालेन शाह

Balen-Shah

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित सम्पर्क गर्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो अधिकार क्षेत्रभित्रको भ्रष्टाचार सहन गर्न नसक्ने बताउँदै उजुरीका लागि आफ्नै मोबाइल नम्बर समेत दिएका छन्।

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौं, हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला, भिडियो अडियो सहित ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रष्टाचार ग¥यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला । हामी लाई ९८६३५९२०११ वा ‘वाट्सएप’मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds