कास्कीका किसान र हङकङ बजारका व्यवसायीको समस्या समाधान गर्न सांसद भट्टराईको आग्रह

कास्कीका किसान र हङकङ बजारका व्यवसायीको समस्या समाधान गर्न सांसद भट्टराईको आग्रह

bidhya

कास्की। प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले कास्कीका किसान र व्यापारीको समस्याको समाधान गर्न संसदमा आवाज उठाएकी छन्।

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित एमालेकी सांसद विद्या भट्टराईले कास्कीका किसानहरूले पाल्दै आएको गाई भैंसीमा देखिएको ‘लम्की स्किन’ रोगका कारण पशुहरू मरिरहेको भन्दै संक्रमणको रोकथाम र क्षतिपूर्तिका लागि सम्बन्धित कार्यालयमा जानकारी गराएपनि सूनुवाई नभएको गुनासो गरिन्।

उनले संसदमा किसानहरूका जायज माग पूरा गर्न पनि आग्रह गरिन्।

यस्तै, सांसद भट्टराईले कृषि सामग्री कम्पनीले एकैपटक चार सय प्रतिशत भाडा वृद्धि गरेपछि पोखरा महानगरपालिका -९ पृथ्बीचोक स्थित हङकङ बजारका साना ब्यापारीहरू आन्दोलित बनेको भन्दै यो टेन्डर रद्ध गरी व्यवसायीहरूलाई राहत दिन उनले सभामुख मार्फत सरकारलाई आग्रह गरिन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ