दैलेख । दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको पनि मृत्यु भएको छ।
नेपालगञ्जको भेरी अस्पताल पठाएका घाइतेमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
ज्यान गुमाउनेमा आठबीस नगरपालिका–६ का भैरे बिक रहेका छन् । अरु ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । सामान्य घाइते भएका दुई जना प्राथमिक उपचारपछि हिजो नै घर फर्किएका छन् ।
आठबीस नगरपालिका–६ सिगासैनमा गोरेटो बाटो खन्ने काम गरिरहेका कामदारहरु घाइते भएका थिए । बाटो खन्दै गर्दा जंगल तलबाट आएको डढेलोले उनीहरु जलेका हुन् । गम्भीर घाइतेलाई हिजो नै हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ