नक्कली शरणार्थी प्रकरण : थप दुईजना पक्राउ

नक्कली शरणार्थी प्रकरण : थप दुईजना पक्राउ

police-arrest

सांकेतिक तस्विर

काठमाण्डौ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको टोखाका रामशरण केसी र मोरङको बेलबारीका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार शंखमुलबाट पक्राउ गरेका दुवैजनालाई थप अनुसन्धानका लागि काठमाडौं परिसर बुझाएको छ।

यससँगै भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।

अझै १० जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। तर उनीहरु फरार छन्। फरार हुनेमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेत छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ