तनहुँबासीको चासो खेती सिंचाइ र नदी तटबन्धनमा

तनहुँबासीको चासो खेती सिंचाइ र नदी तटबन्धनमा

pic 3

तनहुँ । तनहुँवासीले सिंचाइको अभावले खेती योग्य जमिन बाझै रहने समस्या र नदी तथा खोलाको तटबन्धनमा वर्षेनी हुदै आएको क्षति न्यूनिकरणमा ध्यान दिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना र सफलता मिडिया प्रा.लिको सहजिकरणमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालय तनहुँको सेवा प्रवाह र भइ गरेका विकास योजना सम्बन्धमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागीले जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट प्राप्त हुने सेवाहरु चुस्तदुरुस्त देखिएता पनि योजना छनौटमा अनुगमन गरेर आवश्यकता अनुसार प्राथमिकताका आधारमा छनौट हुनु पर्ने बताए । तनहुँमा सार्वजनिक सुनुवाई कार्यक्रम कमै मात्र हुने गरेको गुनासो राख्दै कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा सहभागी व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिकाका विभिन्न वडाका स्थानियको एउटै गुनासो सिचाइको अभावमा हजारौं रोपनी जग्गा बाझै रहेकोले किसानको जिविकोपार्जनमा असर पारेको थियो । पुराना भएका सिचाइ नहर पनि वाढी पहिरोले क्षति गरेको गुनासो पोखे ।

व्यास नगरपालिकाका स्थानियले व्यासमा बन्ने भनिएको नारेश्वर ताल जलाशय योजना नेताहरुको आश्वासन मात्र हो वा कर्मचारीको ढिला सुस्ती भनेर प्रश्न गरे । यस्तै, काममा निमार्ण व्यवसायीले ढिलासुस्ती गरेर उपभोक्ताले हैरानी खेप्नु परेकोमा ढिला सुस्ती गर्ने ठेकेदारलाई कार्वाही वा कामको नियमन गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा जवाफ दिदै जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले नदि तटिय क्षेत्रको समस्यालाई मध्यनजर गरेर मादि नदि नियन्त्रण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको र करिब ९० प्रतिशत कार्य सकिएको बताए । नारेश्वर जलाशय लिफ्ट योजनाको १ करोड ९४ लाखमा सम्झौता भएर करिब २५ हेक्टर जमिन सिंचित हुने गरि बहुउदेश्यीय जलाशय निमार्ण हुनेमा विविध प्रविधिक कठिनाइ र भौगोलिक अध्ययनको रिपोट बुझ्न बाकी रहेको बताए । उनले विषय विज्ञताको अभावमा बाहिरबाट विज्ञ बोलाएर थप जाचँबुझ भइरहेकोले उपभोक्ताले र नगरपालिकाले केहि गर्ने हो भने पनि सयुक्त रुपमा गर्न पर्ने बताए । उक्त जलाशय निमार्ण स्थलमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको ड्याम निमार्ण र संरक्षणको रहेको खुलस्त पारे ।

जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेले सार्वजनिक सुनुवाई कार्यक्रममा चहाना र योजनाको माग धेरै सुनेको बताउदै कार्यक्रममा योजना भएका ठाउँका सबै पालिकाको प्रतिनिधीत्व हुनु पर्नेमा जोड दिए । कार्यक्रममा जनताबाट माग भएका योजना प्रदेश सरकार सम्म पुर्याउन उनले आग्रह गरे । उनले ठेकेदार र निर्माण व्यवसायीले काममा ढिला सुस्ती गरे नियमन सहित कार्वाही हुनु पर्ने बताए ।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गै्रहेले टेन्डर आवाहनमा ढिलाइ र कामको गुणस्तरको विषय कर्मचारी संग जोडिएको बताउदै यस्मा ध्यान दिन कर्मचारीलाई आग्रह गरे ।

कृषि,उर्जा तथा जलस्रोत मन्त्रालय गण्डकी प्रदेशका सिचाइ शाखाका इन्जिनियर जीबन अधिकारीले नदि तटिय क्षेत्रमा व्यक्तिका नाममा लालपुर्जा छ भन्दैमा नदिको बाहवलाईनै राक्ने गरि हिउदमा पर्खाल लगाउने गरेको पाएको र वर्षायाममा क्षति हुने गरेको बताए । उनले तनहँुमा १५० वटा योजना अगाडि वढि रहदा कर्मचारीको अभावमा ४/५ जना मात्र कर्मचारीले काम गर्न पर्दा कार्यन्वयनमा ढिला हुन पुग्ने बताए । स साना सिचाइको योजना लगायत कृषि बजेट स्थानिय सरकारले आफै समाबेश गरेर काम गर्ने हो भने खेति योग्य जमिनमा उब्जाउ गर्न सकिने बताए ।

जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालय तनहुँमा भएको उक्त कार्यक्रमको सहजिकरण प्रमुख सहजकर्ता दुर्गा अधिकारी, उदेश्य तथा स्वगत रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारी र सन्चालन सावित्री कोइरालाले गरिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ