कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षा आजदेखि सुरु

CBSE-Exam-India

पोखरा । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने भएको छ ।

परीक्षामा चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । कोभिडको कारण शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्दै आएको छ ।

परीक्षा जेठ ५ गतेसम्म हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ