श्री एयरलाइन्सको एकै विमानमा लगातार समस्या देखिएपछि उडानमा रोक

श्री एयरलाइन्सको एकै विमानमा लगातार समस्या देखिएपछि उडानमा रोक

shree 9n ane

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ।

दुई दिनमा दोस्रोपटक एउटै समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ। जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ।

यो जहाजको ल्यान्डिङ गियरमा शनिवार धनगढी विमानस्थलमा समस्या आएको थियो भने सोमबार भैरहवा विमानस्थलमा समस्या आएको हो। प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाइएको छ।

सोमबार विहान भैरहवाबाट उडेको श्री एअरको जहाज बीचबाटै फर्किए भैरहवामै अवतरण भएको थियो। सो क्रममा विमान धावनमार्गमै रोकिँदा अन्य जहाजको उडान र अवतरण प्रभावित भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds