निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

Dhaka-Shrestha

काठमाण्डौ।  राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ।

सर्वोच्च अदालतका न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासले ढाका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पार्टीले गरेको कारबाही तत्काल लागू नगर्न आदेश दिएको हो।

सांसद श्रेष्ठले मन्त्री बनाउन साढे २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि चैत २९ (रास्वपा)को केन्द्रीय समितिको बैठक सांसद श्रेष्ठको साधारण सदस्य खारेज गरेको थियो।

तर श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds