कांग्रेस नेता कृष्णभक्त श्रेष्ठ र छोरामाथि कुटपिट

कांग्रेस नेता कृष्णभक्त श्रेष्ठ र छोरामाथि कुटपिट

Figtht-kutpit

कुटपिट

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का नेपाली कांग्रेसका वडा सभापति कृष्णभक्त श्रेष्ठ र उनका छोराहरुमाथि कुटपिट भएको छ ।

सभापति श्रेष्ठ र उनका छोरामाथि भएको कुटपिटको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुरले विरोध गरेको छ ।

पार्टी क्षेत्र नं २ का सभापति भेषबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरेर २२ वैशाखको विहान ९ बजे उनीहरुमाथि कुटपिट भएको भन्दै भर्त्सना गरेका छन् । घरमै रहेको अवस्थामा श्रेष्ठ परिवारलाई दर्जनौँ अपरिचित व्यक्तिहरुले कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय राजन पौडेल र उनकी श्रीमती करुणालगायतले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । घटना सम्बन्धमा महानगरीय प्रहरी प्रभाग मध्यपुर थिमिमा निवेदन दिँदा निवेदनसमेत नलिएको भन्दै विरोध गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ