अमेरिकाको डिभीको नतिजा आज प्रकाशन हुने भएको छ। गत वर्ष भरेको इडिभीको नतिजा आउन लागेको नेपालस्थित अमेरिकन राजदूतावासले जनाएको छ।
दूतावासका अनुसार नतिजा आज बेलुका ९:४५ बाट सार्वजनिक हुँदैछ। सन् २०२२ का लागि नेपालीहरुले दिइएको नतिजा प्रकाशन हुन लागेको दूतावासले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।
‘आज मे ८ अर्थात् वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा https://dvprogram.state.gov/ मा गएर निशुल्क हेर्न सकिनेछ र नतिजा हेर्न आवेदन दिँदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ,’ दूतावासले भनेको छ, ‘छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। याद गर्नुहोला, दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको इमेल पठाउँदैनन्।’
डिभी नतिजा यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ।
यसैबीच, डिभी भरेकाहरू निकै उत्साहित रहेकाे बताउँछन् पाेखराका व्यवसायी यमबहादुर रेग्मी । रेग्मीले सञ्चालन गरेकाे न्यूराेड फाेटाे स्टुडियाे एण्ड मनि ट्रान्सफरमा हजाराैंले डिभी भरेका छन् । वर्षेनी दजर्नाैं जना डिभी पार्न सफल भएकाे रेग्मी बताउँछन् । यस वर्ष पनि डिभी भरेकाहरूले नतिजाबारेमा निकै चासाे राख्दै बुझ्ने काम गरिरहेकाे रेग्मी बताउँछन् ।
सम्बन्धित खबर
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने