इलामको फिक्कलमा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

इलामको फिक्कलमा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

pahiro- sanket

सांकेतिक तस्विर

इलाम । इलामको फिक्कलमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ।

सूर्योदय नगरपालिका–१० फिक्कलमा हिजो बेलुका ढिस्कोले पुरिएर चार जना भारतीय नागरिकको मृत्यु भएको हो।

स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा झरेको ढिस्कोले बिहार घर भएका तोसिव आलम, अजि मोदिन, मुजाफर आलम र अब्दुल आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रहरीका अनुसार फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ