गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

surendra-pandey

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन्। पाण्डेले विश्वासको मत लिने गरी दिउँसो २ बजे संसद बैठक डाकिएको छ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्तिको भोलिपल्ट शपथ लिएका उनले २ जना बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्।

यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो।

उनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा विश्वासको मत लिन लागेका हुन् । ६० सिट रहेको गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ ।

गण्डकीमा कांग्रेसको २७ सिट, सत्तारुढ माओवादीको सभामुखबाहेक ७ र एकीकृत समाजवादीको एक सिट गरी ३५ सिट छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ