यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा, अब भारत र पाकिस्तानसँग खेल्ने

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा, अब भारत र पाकिस्तानसँग खेल्ने

cricket-nepal-

तस्बिर : नेपाल क्रिकेट संघ

काठमाडौं। इतिहास रच्दै नेपाली क्रिकेट टोली एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा मंगलवार यूएईलाई ७ विकेटले हराएर नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको हो।

मंगलवार ११८ रनको लक्ष्य पछ्याएको नेपाललाई जित दिलाउन गुलसन झाले महत्वपूर्ण अर्धशतकीय इन्निङ्स खेले। जवाफी ब्याटीङमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन।

एसिया कप पुग्न यूएईले नेपालसामू ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कीर्तिपुरमा आज सम्पन्न एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो।

सोमवारको वर्षाले खेल बिथोल्दा सम्म २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। तर, त्यतिकैमा वर्ष सुरु भएपछि बाँकी खेल मंगलवारका लागि सरेको थियो।

घरेलु मैदानमा एसिया कपको ‘बाटो’ मानिएको प्रिमियर कप जितेसँग नेपालले एसिया कप खेल्ने पक्का भएको छ। एसिया कपमा नेपाल क्रिकेटका शक्ति राष्ट्र भारत र पाकिस्तान रहेको समूहमा पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds