पोखरा । कास्की प्रहरीले चोरीका सामानसहित ४ जनालाई पक्राउ गरेको छ।
यहि वैशाख १५ गते शुक्रबार बिहान अन्दाजी ३ बजे प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका– १६ दिप स्थितसडकमा शंकास्पद अवस्थामा हिँडिरहेका ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी नगरपालिका– २ सल्यानटार स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– ९ पृथ्वीचोक बस्ने वर्ष २१ को राजकुमार परियार, सोही ठाउँ घर भई पोखरा महानगरपालिका– १३ काहुँडाँडा बस्ने वर्ष २४ को बिनोद परियार, गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका– १३ मियापाटन बस्ने वर्ष ३१ को राजकुमार नेपाली र कास्की पोखरा महानगरपालिका– १३ मियापाटन बस्ने वर्ष २५ को अर्जुन नेपाली रहेका छन्।
शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई प्रहरीले सोधपुछ तथा खानतलासी गर्दा उनीहरुको साथबाट ल्याप्टप १ थान, किबोर्ड १ थान, माउस १ थान, चार्जर १ थान विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी)का बोत्तल ११ थान, पहेँलो तथा निलो रंगका रेडबुल १५ थान, चुरोट ७ बट्टा, विभिन्न कम्पनीका मोबाईल ४ थान, फलामको छड १ थान र उनीहरुले चोरी गरेको ग ५ प २७३५ नम्बरको मोटरसाइकलसहित बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो