पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ। पोखरा २३ हर्पनमा अवस्थित श्री जनसिद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो।
क्लबले विद्यालयमा अध्ययनरत ४० विद्यार्थीलाई झोला, स्टेसनरी सामान र कपडा सेट गरि ८० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको क्लबका अध्यक्ष कमल सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार उक्त रकम क्लबका सदस्य बैकुण्ठ पौडेलले सहयोग गरेका थिए।
कार्यक्रममा जनसिद्ध आधारभूत विद्यालयकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोक कुमारी क्षेत्रीले क्लबले गरेको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन्।
त्यस्तै क्लबका संस्थापक अध्यक्ष युवराज पौडेलले संस्थालाई सबैको साथ र सहयोगले नै विगत देखि यस्ता कार्यहरु गर्न सफल भएको बताए। साथै निम्न वर्गीय र सहयोगको आवश्यकता भएकालाई सहयोग गर्नुपर्ने उद्देश्यका साथ ब्लु स्काई स्थापना भएको उनको भनाई थियो।
त्यसैगरि कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने क्लबका सदस्य बैकुण्ठ पौडेललाई क्लबका प्रथम उपाध्यक्ष दिपकराज अधिकारीले आभार व्यक्त गरे।
कार्यक्रममा रामजी पौडेलले गीत गाएर विद्यार्थी तथा अभिभावकलाई मनोरञ्जन गराएका थिए।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने