दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने तनहुँ भिमादका कुमाल पक्राउ

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने तनहुँ भिमादका कुमाल पक्राउ

Arrest

सांकेतिक तस्बिर

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला भिमाद नगरपालिका -२ घर भई हाल काठमाडौ -२६ सामाखुसी बस्ने २६ वर्षीय मन बहादुर कुमाल छन्।

काठमाण्डौ महानगरपालिका-२६ स्थित यूरो टेक कन्सलटेन्सी प्रालिका मार्केटिङ म्यानेजर समेत रहेका कुमालले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि दुबई पठाइ प्रतिष्ठित कम्पनीमा ६० हजार रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ५० हजार रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले उनलाई काठमाडौं -२६ नयाँ बसपार्कबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ