पोखरा जसीजले बार्षिक कार्यक्रम अन्तर्गत निरन्तरता दिँदै आएको जेसीज सप्ताह यही बैशाख १८ गतेदेखि २४ गतेसम्म हुने भएको छ । पोखरा जेसीजले शनिबार पत्रकार सम्मेलन गरी सात दिनसम्म विविध कार्यक्रमका साथ सप्ताह मनाउने जानकारी गराएको हो ।
जेसीज वीकेण्ड कार्यक्रम अन्तर्गत पहिलो दिन बैशाख १८ गते जेसीज सप्ताह शुभारम्भ तथा संसदीय बैठक प्रणाली तालिम सुशान्त पराजुलीको संयोजकत्वमा हुँदैछ । जहाँ पोखरा महानगरपालिकाका कार्यपालिका सदस्यलाई पोखरा सभागृहमा भेला गरी दिइनेछ ।
दोस्रो दिन १९ गते प्लस टु विद्यार्थीलाई वृत्ति विकास योजना परामर्श दिइनेछ । पर्यटन बोर्डको सभाहलमा हुने कार्यक्रमको संयोजक सुजन पोखरेल छन् ।
यसैगरी, सप्ताहको तेस्रो दिन वैशाख २० गते उद्यमी तथा व्यवसायीका वर्तमान अवस्था, चुनौती र अवसर विषयक गोष्ठी गरिने छ र संयोजक सञ्जय शर्माले तयारी तीब्र पारेका छन् । यो कार्यक्रम पनि पर्यटनबोर्डकै सभाहलमा हुनेछ ।
वैशाख २१ गते, चौथो दिन खेलकुद तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम रहेको छ । मादी ९, कास्कीका हिमालय माविका विद्यार्थीलाई आवश्यक सामाग्री बाँडिने र यसको यसको संयोजन विवेक ढुंगानाले गरेका छन् ।
पाँचौ दिन २२ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जेसीजकै सचिवालय रानीपौवामा हुने कार्यक्रमको लागि संयोजक सञ्जय कोइरालाले तयारी अघि बढाएका छन् ।
वैशाख २३ गते छैटौं दिन हुने कार्यक्रम निःशुल्क स्वास्थ्य तथा दन्त शिविर हुनेछ । मादी गाउँपालिका वडा नं. ४ मा हुने शिविरबाट ३, ४, ५ वडाबासी लाभान्वित हुने विश्वास छ । यसको संयोजकमा किरण आचार्य छन् ।
र, अन्तिम दिन वैशाख २४ गते गण्डकी युवा वक्ता तथा समापन कार्यक्रम हुनेछ । सचिवालय रानीपौवामै हुने कार्यक्रमको संयोजन सन्तोष लामिछानेले गरेका छन् । सम्पूर्ण तयारीहरु अन्तिम चरणमा रहेको यसका संयोजकहरुले बताएका छन् ।
जेसीज वीकइण्डका मुल संयोजक सुमन पहारीले सामाजिक क्रियाकलापमा युवाहरुको संलग्नता बढाउँदै सामाजिक संस्थाको जिम्मेवारी र उत्तरदायित्व पुरा गर्ने हेतुले वार्षिक रुपमा समाज लक्षित कार्यक्रम राखिएको बताए । उनले कार्यक्रम सञ्चालनका लागि ५ लाख ७० हजार खर्च लाग्ने र सो रकम विभिन्न संघसंस्था तथा जेसीज सदस्यहरुबाट संकलन गरिएको जनाए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका पोखरा जेसीजका अध्यक्ष गणेश गिरीले युवा, विद्यार्थी लक्षित कार्यक्रमका साथै स्वास्थ्य सम्बन्धी यस्ता खालका कार्यक्रम वर्षेनी गर्दै आएको जनाए ।
पोकोम्याट एजुकेशन नेटवर्क प्रालिको मुख्य प्रायोजन रहेको छ भने नबिल बैंक र निफोठर्ड एकेडेमीले सहप्रायोजकका रुपमा साथ दिएका छन् । पोखरा मनपा, मादी गापा, पर्यटन बोर्ड र रक्तसञ्चार केन्द्रको सहकार्य रहेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने