काठमाडौँ । चलचित्र हल्काराका अभिनेता महेश त्रिपाठी र सिनेमाटोग्राफर चिन्तन राजभण्डारीलाई अमेरिकाको वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभलुमा प्राप्त गरेको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ । गत बर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरेको थियो । यो चलचित्र नेपालमा यहि बैशाख २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
बिहिबार अस्कर इन्टरनेशनल कलेजमा विद्यार्थीहरुसँग अन्तर्क्रिरयाको कार्यक्रम गर्दै अवार्ड प्रदान गरिएको हो । अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहाल, सिनेमाटोग्राफर राजेश श्रेष्ठ, अस्कर कलेजका एकेडेमिक डिरेक्टर मनोजबाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नवनिधि दाहाल र हल्काराका निर्देशक विक्रम सापकोटाले त्रिपाठी र राजभण्डारीलाई अवार्ड हस्तान्तरण गरेका थिए । सो फेस्टिभलमा यो चलचित्रले उत्कृष्ट चलचित्रको अवार्ड पनि जितेको थियो । सो अवार्ड भने निर्देशक सापकोटाले फेस्टिभलमा नै पुगेर लिएका थिए । त्रिपाठी र राजभण्डारी नेपालमा नै रहेका कारण फेस्टिभलमा सहभागिता जनाउन पाएका थिएनन् । फेस्टिभलले दुवैजनाको अवार्ड हुलाकमार्फत नेपाल पठाएको थियो ।
अवार्ड प्राप्त गरेसँगै अभिनेता त्रिपाठीले स्तरिय काम ग¥यौँ भने विश्वस्तरमा नै प्रतिस्पर्धा गरी सफल समेत हुन सक्छौँ भन्ने आत्मविश्वास पलाएको बताए । उनले भने, म धेरै महत्वाकांक्षी छैन तर काममा कन्फिडेन्सुको जरुरी छ । हामीले नेपालमा काम गरिरहेको कारण नेपालमा मात्र सफलता प्राप्त गर्नेमात्र नभई विश्वस्तरिय काम गर्न सक्छौँ भन्ने प्रमाण हल्कारा हो । त्यस्तै, सिनेमाटोग्राफर राजभण्डारीले यहाँसम्म पुग्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केहि अन्तराष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।
महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री, रमेश तिमिल्सीना र दिल गुरङ लगायतको अभिनय रहेको छ ।
यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् । काठमाडौँ उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो चलचित्रको एफडी कम्पनीले वितरण गर्नेछ । ‘खल्ती डिजिटल वालेट’ टिकेटिङ्ग पार्टनरको रुपमा रहेको छ भने कम्युनिटी पार्टनर ‘नेपाली पात्रो’ रहेको छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी