पोखरा । भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा माओवादीले गरेको बम आक्रमणमा परी आक्रमणमा परी १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
सोही आक्रमणमा परी एक सवारी चालकको मृत्यु भएको हो । मृत्यु भएका जवानहरू डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) का रहेको जनाइएको छ । प्रहरीका अनुसार दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादी रहेको खबर पाएपछि नक्सल विरोधी अभियानका लागि दन्तेवाडाबाट डीआरजी फोर्स पठाइएको थियो ।
माओवादी विरुद्धको अपरेशन सकेर फर्कने क्रममा अरनपुर सडकमा संदिग्ध माओवादीले बम विष्फोट गराएको थियो । जसका कारण अपरेशनमा संलग्न डीआरजीको गाडीलाई ठक्कर दिएको थियो । त्यसक्रममा १० जवान र गाडी चालकको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त क्षेत्रमा खोजी कार्यका लागि थप जवानहरु पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते