पोखरा । विश्व टेबलटेनिस डेको अवसरमा नौलो घुम्ती नेपालको आयोजनामा कास्कीमा लागु पदार्थ न्युनिकरणको लागि काम गर्ने गैरसरकारी संस्थाविच टेवलटेनिस प्रतियोगिता मंगलबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि, नौलो घुम्ती नेपालका पूर्व अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य खड्गबहादुर रानाभाटले उद्घाटन गर्दै व्यक्तिको चौतर्फी विकासमा खेलकुदको महत्व ठुलो हुने बताएका थिए ।
जिल्ला टेबलटेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी र रिकभरी नेपालका दिलिप गुरुङले टेवलटेनिस खेलले व्यक्तिको मानसिक तथा शारिरीक थेरापी गर्ने भएकाले नियमित रुपमा खेल्नु पर्ने बताए ।
प्रतियोगितामा मेन्स सिङगल तर्फ रिचमण्ड फेलोसीपका अनुश त्रिपाठी प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा दोश्रो, हेल्पिङ हेन्सका संजित केसी र सुमन क्षेत्री तृतिय भएका थिए ।
त्यस्तै वुमन्स सिङगल तर्फ प्रथम, दोश्रो र तृतिय सबै नौलो घुम्ती नेपालका क्रमशः निलिमा रजक, अन्जना थापा मगर, अनु दवाडी र सिवानी गौतम भएका थिए ।
त्यसै गरी मेन्स डबल तर्फ हेस्पिङ हेन्सका संजित केसी र सागर सापकोटा प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा र अनिष सापकोटा दोश्रा, रिचमण्ड फेलोसिपका अनुस त्रिपाठी र विकास क्षेत्री तथा मनोज कुमार गुरुङ र सन्तोष गुरुङ तृतिय भएका थिए ।
इन्टरनेशनल टेवलटेनिस फाउण्डेसनको आर्थिक सहयोगमा लागु पदार्थ दुव्र्यसनीको उपचारार्थ रिहावमा भर्ना भएका व्यक्तिहरुलाई टेवलटेनिस खेलको माध्यमबाट सोचाइमा सकरात्मकता ल्याइ जिवन शैलीमा परिवर्तन ल्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको नौलो घुम्ती नेपालका कार्यक्रम संयोजक ओम गुरुङले बताए।
उक्त प्रतियोगितामा कास्की जिल्लामा रहेका कम्युनिटि सपोर्ट ग्रुप, रिचमण्ड फेलोसिप, गौरव नेपाल, नौलो घुम्ती नेपाल, रिकभरी नेपाल, हेल्पिङ हेन्स् लगाएत ८ वटा संस्थाका ३६ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
विजेता खेलाडीहरुलाई जिल्ला टेबलटेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी, संघका सचिव तथा पत्रकार कृष्ण रानाभाट, रिकभरी नेपालका दिलिप गुरुङ लगाएत अतिथिहरुले मेडल, प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो