राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाद्वारा ५ सय र हजारको नोट छाप्न बन्द गर्न माग

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाद्वारा ५ सय र हजारको नोट छाप्न बन्द गर्न माग

khimlal-devkota-rastriya

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा एक सदस्यले ५ सय र हजार रुपैयाँका नोट छपाई बन्द गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले ५ सय र हजार रुपैयाँका नोट छपाई रोकेमा भ्रष्टाचार कम हुने दाबी गर्दै यस्ता नोट छाप्न बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले बजारमा भएको सबै पैसा खिच्न सकिए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने पनि बताए । ‘बजारमा भएका सबै पैसा खिच्ने हो भने केही हदसम्म भ्रष्टाचार रोक्न सहयोग पुग्ने छ, ‘नेपाल धेरै भ्रष्टाचार हुने देशमा गनिन्छ, त्यसलाई कम गर्ने विकल्प ५ सय र हजारका नोट छाप्न रोक्नु हो ।’ उनले भने।

आर्थिक वर्षको अन्त्यमा ठूलो बजेट रकमान्तर गर्ने, बिना आधार बहुबर्षिक आयोजना स्वीकृत गर्दा आर्थिक अराजकता बढ्दै गएको उनको दाबी छ ।

सरकारले उत्पादन भन्दा पनि वितरणमुखी कार्यक्रममा बढी ध्यान दिने गरेको पनि उनले आरोप लगाए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ