गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

gandaki-pradesh-sava-f

पोखरा। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले ३ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले आज (मंगलबार) एक सूचना जारी गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि वैशाख १४ गते बिहीबार ४ बजेसम्मको समय दिएका हुन्।

गत वैशाख ९ गते गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय संसदमा विश्वास मत गुमाएका थिए।

चैत्र १० गते माओवादी केन्द्रले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गरेसँगै संवैधानिक प्रावधान अनुसार उनले एक महिनाभित्र पुनः विश्वासको मत लिने प्रयास गरेका थिए। यद्यपी उनले विश्वासको मत पाउन सकेका थिएनन्।

प्रदेश प्रमुखको आह्वानसँगै अब संसदमा बहुमत जुटाउन सक्ने दलको नेताले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ