तनहुँ–१ मा स्वतन्त्रका स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ मा स्वतन्त्रका स्वर्णिम वाग्ले विजयी

SwarnimWagle-1680227660

तनहुँ क्षेत्र नं मा भएको उप निर्वाचनको मत परिणाम आइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको छ । वाग्लेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा १४ हजार ७ सय ९७ मत बढी प्राप्त गरेका छन् । पछिल्लो विवरण अनुसार वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ।

तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।

गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याउँदै विजयी भएका थिए । पौडेल राष्ट्रपति भएपछि तनहुँ–१ मा उपचुनाव भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ