तनहुँ क्षेत्र नं -१ को पछिल्लो मतपरिणाम : स्वतन्त्रका वाग्लेको फराकिलो अग्रता कायमै

तनहुँ क्षेत्र नं -१ को पछिल्लो मतपरिणाम : स्वतन्त्रका वाग्लेको फराकिलो अग्रता कायमै

तनहुँ क्षेत्र नं. १ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १७ हजार ९०२ मत प्राप्त गर्दी अग्रता कायम राखेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सर्बेन्द्र खनालले ५ हजार ८६६ मत प्राप्त गरेका छन् ।
तनहुँ–१ बाट निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन भएको हो । आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ