तनहुँ–१ उपनिर्वाचनः यस्तो छ पछिल्लो मत परिणाम

तनहुँ–१ उपनिर्वाचनः यस्तो छ पछिल्लो मत परिणाम

byelection_20230322105727

तनहुँ क्षेत्र नं. १ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । पछिल्लो सार्वजनिक विवरण अनुसार वाग्लेले १५ हजार ९५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सर्बेन्द्र खनालले ५ हजार १६६ मत प्राप्त गरेका छन् ।
तनहुँ–१ बाट निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन भएको हो । आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ