तनहुँ १ उपनिर्वाचन : रास्वपाका वाग्लेको मत ९ हजार कट्यो

तनहुँ १ उपनिर्वाचन : रास्वपाका वाग्लेको मत ९ हजार कट्यो

tanahun 1

तनहुँ। आइतबार सम्पन्न तनहुँ –१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म १६ हजार ३७२ मतगणना सकिएको छ।

पछिल्लो मतपरिणाम अनुसार ११ वडाको मत गनिसक्दा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले ९ हजार २०२ मतले लिड गरेका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ मतका साथ वाग्लेलाई पछ्याइरहेका छन्। वाग्ले र भट्टराईबीच ४९८९ मतान्तर रहेको छ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले हालसम्म २ हजार ४३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ