गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कपको तयारी पुरा, सोमबारबाट सुरु हुने

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कपको तयारी पुरा, सोमबारबाट सुरु हुने

viber_image_2023-04-23_14-03-28-261

पोखरा । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कपको सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बैशाख ११ र १२ गते सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको परिषदले जनाएको हो । सोमबार (भोली) पोखरा रंगशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले गर्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् ।

प्रतियोगिताहरु सञ्चालनका लागि सम्वन्धित खेल संघहरुलाई जिम्मेवारी दिएको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिंदै शुरक्षाका लागि नेपाल प्रहरी गण्डकी प्रदेश, मेडिकलका लागि नेपाली सेना पश्चिम पृतना तथा मार्चपास व्यवस्थापनका लागि शसस्त्र प्रहरी मुक्तिनाथ बाहिनीलाई जिम्मेवारी दिएको उनले बताए ।

प्रतियोगितामा सहभागिताका लागि ११ जिल्लाका विभिन्न ६ खेलका ७२० खेलाडी पोखरा आइपुगेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले बताए । विद्यालयस्तरिय छात्र÷छात्रा राष्ट्रपति कपमा मार्शल आर्टतर्फ उशु, तेक्वान्दो र कराते, टिम गेमतर्फ एथलेटिक्स, भलिबल र कव्वडीका खेलहरु सञ्चालन हुनेछन् ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताबाट खेलाडी छनोट गरी यहि बैशाख १५ र १६ गते काठमाण्डौमा सञ्चालन हुने १३ औं राष्ट्रिय राष्ट्रपति कपमा सहभागिता जनाउने परिषदले जनाएको छ । छनौट हुन सफल खेलाडीहरुलाई एक दिने बन्द प्रशिक्षणमा राखिने छ भने प्रदेशको टिम १४ गते काठमाण्डौ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ