पोखरा । नेपाल मगर संघ, नमुना इकाई समिति, पोखरा–१४, चाउथेको आठौं वार्षिक साधारणसभा, शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले हरेक इकाईदेखि नै मगर जातिलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता औंल्याइन् । मगर जातिको पहिचानका रुपमा रहेका भाषा, संस्कृति र भेषभूषाको संरक्षणका लागि राज्यलाई अग्रसर गराउनुपर्ने आवश्यकता रहेको भन्दै उनले नीति निर्माण तहसम्म मगर जातिको सहभागिता नभएसम्म जातीय पहिचान स्थापित गर्न गाह्रो हुने भनाइ राखिन् ।
नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले मगर जातिको भेषभूषा संरक्षणमा मगर महिलाको महत्वपूर्ण भूमिका रहेको भन्दै महिलाहरूको अग्रसरताले भाषा, संस्कृति र भेषभूषा संरक्षणमा टेवा पुगेको उल्लेख गरिन् । नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर, नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष ओम श्रीसमगरले राज्यका हरेक निकायमा मगर जातिको पहुँच बढाउन मगर संघले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
नेपाल मगर संघ, नमुना इकाई समितिका अध्यक्ष प्रकाश पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ, कास्कीका भाषा तथा शिक्षा विभाग प्रमुख शिव थापामगर, कदममार्ग चाउथे इकाई समितिकी अध्यक्ष सुनमाया आलेमगर, छिनेडाँडा इकाई समितिका अध्यक्ष दलबहादुर थापामगर, नमुना इकाई समितिका उपाध्यक्ष हेमन्त रेगामीमगर, सचिव दिलु पुनमगर, नेपाल मगर पत्रकार संघ, कास्कीकी अध्यक्ष विनु मसराङ्गीमगरलगायतले मगर जातिको हक, हित र अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने