पृथ्वी राजमार्गको तनहुँ –१ खण्डमा आइतबार गाडी नचल्ने

पृथ्वी राजमार्गको तनहुँ –१ खण्डमा आइतबार गाडी नचल्ने

long way road

तस्विरः समर्थ रञ्जित, पहिलोपोष्टबाट

पोखरा । पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत तनहुँ १ नम्बर निर्वाचन क्षेत्रमा भोलि आइतबार गाडी नचल्ने भएका छन् ।

भोलि हुने उपनिर्वाचनका कारण राजमार्ग सडक खण्ड सहितको १ नम्बर निर्वाचन क्षेत्र भित्रको सडकमा अत्यावश्यक बाहेकका गाडी चल्नलाई रोक लगाइएको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चल्न नदिइने जानकारी दिए ।

पृथ्वी राजमार्ग हुँदै चल्ने रात्रीबसलाई आइतबार बिहान ४ बजेभित्र तनहुँ–१ को सडक पार गरिसक्न तनहुँ प्रशासनले आग्रह गरेको छ । पृथ्वी राजमार्ग बन्द हुँदा पोखरा भित्रिने तथा पोखराबाट बाहिरिने पर्यटक तथा सर्वसाधारण प्रभावित हुने भएका छन् ।

२०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र रिक्त भएको थियो । रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले लगायत अरु पार्टीहरुबाट समेत गरी ९ जना उम्मेदवार छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ