पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले तनहुँको बेलचौतारामा शाखा खोलेको छ । नयाँ वर्ष २०८० को अवसरमा युआरएल शुक्लागण्डकी डाइग्नोस्टिक प्रालिको रुपमा युआरएले सेवा विस्तार गरेको हो ।
पोखराको न्युरोड, गिरी कम्प्लेक्समा प्रधान कार्यालय रहेका युआरएलको यो १४ औं शाखा हो । नयाँ शाखा सुरुआतको अवसरमा यहाँ वैशाख महिनाभर मधुमेहसम्बन्धी रगत जाँच सित्तैमा हुने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । वैशाख महिनाभर होलबडी, थाइराइड लगायत अन्य सबै प्रकारका रगत जाँचमा ३० प्रतिशत छुट दिइएको छ ।
शुक्ला गण्डकी नगरपालिका, खैरेनीटार र भिमादका स्थानीय र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका बिरामीलाई त्यहाँ सम्भव नभएका जाँचहरु सजिलै उपलब्ध गराउन शाखा खोलिएको युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला बताउँछन् ।
तनहुँमा युआरएलको यो तेस्रो शाखा हो । दुलेगौडा र दमौलीमा यसअघि नै युआरएलले सेवा विस्तार गरिसकेको छ ।
युआरएलले यो शाखामा करिब १ करोड लगानी गरेको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले प्रदेशबासीलाई स्थानीय ठाउँमै गुणस्तरीय ल्याब सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । युआरएलले १४ शाखा र ७ कलेक्सन सेन्टरबाट अहिले सेवा दिइरहेको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते