पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित ६१ घरपरिवारका विपन्न मजदुरको निःशुल्क बीमा गरिएको छ । वडा नं. १५ कार्यालयले पोखरा कम्युनिटी सेण्टरसहितको सहयोगमा वडा भरीका विपन्न मजदुरका ६१ घरपरिवारलाई पहिलो चरणमा स्वास्थ बीमा कार्ड वितरण गरेको हो ।
यो कार्यक्रमबाट औषतमा एकाघरका ५ जनाका दरले तीन सय बढी लाभान्वित भएका छन् । प्रत्येकले १ वर्षसम्म बढीमा १ लाखसम्मको स्वास्थ्य उपचार पाउनेछन् ।
वडाले विहीबार एक कार्यक्रमको आयोजना गरी ६१ विपन्न मजदुर र उनीहरुको परिवारलाई स्वास्थ्य बीमा कार्ड वितरण गरेको हो । यो मध्ये ३६ जनाको वडाले तथा २५ जनाको कम्युनिटी सेण्टरले बीमा गराएको हो ।
मजदुरहरुलाई बीमा कार्ड वितरण गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले पछिल्लो समय स्वास्थ्य सेवा महंगो हुँदै गएको अवस्थामा स्वास्थ्य बीमाको महत्व झनै बढ्दै गएको बताए ।
कार्यक्रम संयोजक एवं वडा सदस्य मन्दिरा परियार, वडा सदस्यहरू बलराम पाैडेल, सेतीमाया गुरूङ, सहयोगी संस्था पोखरा कम्युनिटी सेण्टरका निर्देशकद्वय पार्क र जोन तथा व्यवस्थापक निर्मला भण्डारीले पनि मजदुरहरुलाई बीमा कार्ड वितरण गरेका थिए ।
स्वास्थ्य बीमाकर्ता पवित्रा पौडेलले बीमा सेवाको बारेमा जानकारी गराएकी थिइन् । कार्ड प्राप्त गरेकाहरुले एक वर्षसम्म विभिन्न १ हजार १ सय ३७ प्रकारका औषधी निःशुल्क रुपमा प्राप्त गर्ने उनले जनाइन् ।
कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा १५ का प्रमुख कृष्ण बाँस्तोलाले केन्द्रले दिएको सेवा तथा हाल सञ्चालन भइरहेको खोप र भिटामिन कार्यक्रमका बारेमा अवगत गराए ।
त्यस्तै, वडा सदस्य आशिष भण्डारीले कोभिडको संक्रमण बढ्दै गएको भन्दै अब सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।
भिडियाेः
https://youtu.be/fBVbL_V5hRU
तस्वीरहरूः




सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने