पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले वार्षिक कार्यक्रम पढाऔं अभियान अन्तर्गत यस वर्ष पनि एलएलसी दिएका विद्यार्थीका लागि व्यवहारिक सीप विकास तालिम प्रदान गर्ने भएको छ ।
क्लबले ९० घण्टे निःशुल्क आधारभूत कम्प्युटरका साथै २१ घण्टे उद्घोषण र नेतृत्व विकास तालिम सञ्चालन प्रदान गर्ने भएको हो ।
क्लबले विगत ५ वर्षदेखि सञ्चालन गर्दै आइरहेको यो कार्यक्रमलाई यस पटक पोखरा–१ बगरमा रहेको गण्डकी हाइटेक व्यवहारिक सीप विकास तालिम केन्द्रले सहकार्य गर्ने भएको छ ।
क्लबले वार्षिक ५ लाख बराबरको छात्रवृत्ति तथा विभिन्न सामुदायिक विद्यालयमा डिसहोमसहित टेलिभिजन, डे«स स्टेशनरीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थापक अध्यक्ष हरि भाटले जानकारी दिए ।
छात्रवृत्ति अन्तर्गतको तालिमा सहभागी हुन एसएलसी दिएका भाइबहिनीले प्रवेशपत्रको प्रतिलिपिसहित पोखरा–१, बगरमा रहेको गण्डकी हाइटेक व्यवहारिक सीप विकास तालिम केन्द्रमा सम्पर्क राख्नुपर्ने लायन वर्ष २०२२/२३ का अध्यक्ष लायन आनन्द पौडेल बताउछन् ।
तलिममा १६ वर्षदेखि पोखरामा व्यवसायिक तालिम प्रदान गर्दै आएका कुशल र व्यवसायिक प्रशिक्षकद्वारा प्रशिक्षण गराइनुका साथै उत्कृष्ट विद्यार्थीलाई रोजगारीको अवसरसमेत प्रदान गरिने क्लबका पूर्व अध्यक्ष लायन सुब्बा घिमिरे बताउछन् ।
तालिम वैशाखको तेस्रो हप्ताबाट सञ्चालन हुने कार्यक्रम संयोजक लक्ष्मण रानाभाटले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने